रोटरी क्लब अफ पोखरा अन्नपूर्णद्वारा एकैदिन २ विद्यालयलाई सहयोग

पाेखरा | जेठ २५, २०८१

रोटरी क्लब अफ पोखरा अन्नपूर्णद्वारा एकैदिन २ विद्यालयलाई सहयोग

पोखरा:   रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा–३३, बागमारा र पोखरा–२१, निर्मलपोखरीमा रहेको विद्यालयलाई साइन्स ल्याबका समाग्री, स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरेको छ । 

 

सन् नेपाल लाइफ इन्स्योरेन्स कं.को प्रायोजन रहेको उक्त कार्यक्रममा बागमाराको श्री सत्यसाई विद्याश्रमलाई साइन्स ल्याब समाग्री तथा निर्मल पोखरीको जनचेतन माविका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्रीहरु सहयोग गरेको हो ।

 

विज्ञान प्रयोगशालाका लागि १२० थान साइन्स ल्याब समाग्री र जनचेतन माविका १५० भन्दा बढि विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री गरी दुई वटा स्कुललाई करिब १ लाख ५० हजारको सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष तोयबहादुर भट्टराईले बताए ।
 

रोटरी क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले रोटरी क्लबले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै सुखमा हुर्केका विद्यार्थीहरु भन्दा दुखमा हुर्केका विद्यार्थीहरु पढाईमा तेज हुने भन्दै श्रोत साधन भएन भनेर निरास हुन नहुने बताए । 


बागमारामा भएको कार्यक्रममा विद्याश्रमका प्रधानाध्यापक विश्व खनाल, सन नेपाल लाइफ इन्स्योरेन्स कं.का गण्डकी प्रदेश कार्यालय प्रमुख बाबुराम पौडेल, युवा उद्यमी किरण केसीलगाएतले बोलेका थिए ।

 

त्यसै गरी निर्मलपोखरीमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडल, विव्यस अध्यक्ष दुर्योधन गिरी भूपू विद्यार्थी मञ्चका अध्यक्ष केबल गिरी लगाएतले क्लबलाई धन्यवाद दिएका थिए ।

 

क्लबका अध्यक्ष तोय बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निकेशप्रसाद कर्माचार्यले गरेका थिए ।

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्

स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

थप पढ्नुहोस्

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्